अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२२ | Colorodo: 08:37

पोखरामा सडक महोत्सवको सबै तयारी पुरा

बिआरटीनेपाल २०७७ पुष १४ गते ८:१७ मा प्रकाशित

कोरोना महामारीका कारण संकटमा परेको पर्यटन क्षेत्र चलायन बनाउन पोखरा यस पटक पनि अंग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर सडक महोत्सव गरिने भएको छ । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान), पोखराले पुस १५ देखि १७ गतेसम्म लेकसाइडमा २२ औं पोखरा सडक महोत्सव आयोजना गर्न लागेको हो ।

रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले कोभिड–१९ का कारण बन्द रहेका होटल, रेष्टुरेन्ट लगायत सम्बद्ध क्षेत्रलाई गतिशील बनाउन स्वास्थ्य मापदण्ड अपनाउँदै महोत्सवको तयारी गरिएको जानकारी दिनुभयो ।सडक महोत्सव सहिदचोकदेखि हल्लन चोकहुँदै जरेवरसम्मको करिब ३ किमी क्षेत्रफलमा हुनेछ ।

अंग्रेजी नयाँ वर्षको गन्तव्यस्थलको रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले हुने सडकमा हुने महोत्सवमा मौलिक संस्कृति झल्कने विभिन्न जातजातिका भेषभूषसहित सांस्कृतिक कार्यक्रम हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय