अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१२ | Colorodo: 22:27

खेल क्षेत्रमा परिणाममुखी योजनाका साथ काम गर्छु – मन्त्री लामा

बिआरटीनेपाल २०७७ पुष १२ गते ८:३१ मा प्रकाशित

नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामाले खेल क्षेत्रका विज्ञ र खेलाडीसँगको परामर्शमा परिणाममुखी योजनाका साथ काम गर्ने बताउनुभएको छ ।

मन्त्रालयका आइतबार कार्यभार सम्हाल्दै मन्त्री लामाले खेलकुद क्षेत्रको विकासका लागि सरोकारवाला सबैको सुझावलाई मनन गर्दै काम गर्ने बताउनुभयो । यसअघिका खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा आइतबारनै मन्त्रालयबाट बिदाइ हुनुभएको छ ।

प्रतिक्रिया