अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१० | Colorodo: 12:25

नेपाल र एडीबीबीच २ सय मिलियन डलर सहुलियत ऋण तथा अनुदान सम्झौता

बिआरटीनेपाल २०७७ पुष ८ गते ७:१३ मा प्रकाशित

नेपाल र एसियाली विकास बैंक (एडीबी) बीच दुई सय मिलियन डलर बराबरको सहुलियत ऋण र अनुदानमा सम्झौता भएको छ । नेपालले एडीबीबाट एक सय ९० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋणको लागि सम्झौता गरेको हो ।

सम्झौता भएको रकममध्ये एक सय ५० मिलियन डलर नेपालका विमानस्थलको क्षमता विस्तारमा खर्च हुनेछ । जसमा त्रिभुवन विमानस्थलको ट्याक्सी वे, ह्यांगर र एप्रोनको विस्तार हुनेछ ।यस्तै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माणमा पनि यो रकम खर्च गरिनेछ ।

यस्तै एडीबीले दिने ४० मिलियन डलरको सहुलियतपूर्ण ऋणबाट बाढी रोकथाम तथा प्रभावित क्षेत्रका बासिन्दाको आर्थिक आयआर्जनका कार्यक्रम सञ्चालन हुनेछन् । यसै कामको लागि एडीबीले नेपाललाई १० मिलियन डलर अनुदान पनि दिने सम्झौता भएको छ । सम्झौतामा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र एडीबीका नेपाल मिसन प्रमुख रुदी लुइस हेन्ड्रुक्स भान्देलले हस्ताक्षर गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय