अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१५
| Colorodo: 17:30
भ्रष्टाचारको आरोपका कारण सन २०१५ मा पदबाट राजिनामा दिएका फिफाका पूर्व अध्यक्ष सेप ब्लाटरमाथि फेरि भ्रष्टाचार गरेको आरोप लागेको छ । उनीविरुद्ध फिफाले उजुरी पनि दर्ता गरेको छ । स्विट्जरल्याण्डको जुरीचमा फिफा म्यूजियम बनाउने बेलामा उनले मोटो रकम भ्रष्टाचार गरेको ठहर गरेको छ ।
त्यो म्यूजियम बनाउने बेलामा ब्लाटरसहित अरु फिफा पदाधिकारीको संलग्नता रहेको बताइएको छ । ब्लाटर सन २०१५ मा भ्रष्टाचारको आरोपका कारण पदबाट राजिनामा दिनुपरेको थियो ।
त्यो बेला विश्वकपको आयोजक देशको निर्णय गर्दा रकम लिएको भनिएको थियो । ८४ वर्षे ब्लाटर अध्यक्ष रहेका बेला चार सय २० मिलियन पाउण्ड खर्च गरेर म्यूजियम बनाइएको थियो । सन २०१३ मा यो प्रोजेक्ट सुरु भएर दुई वर्षमा सकिएको थियो ।