कमण्डलु बाेकेका डाँडापारिका घामहरू
चित्कारिरहेका असहायहरू
बिक्षिप्त हल्लिरहेका औंलाबिहिन हातहरू
तस्बिर झैँ बाेलिरहेका आकृति मात्रका गाेडाहरू
सबै सबैलाई बेवास्ता गर्दै
मान्छे
हतारिदै मन्दिरभित्र पुग्छ
निर्जिव मूर्तिमाथि
पैसा राखिदिन्छ ,भगवानकाे नाममा
र
भ्रमै भ्रमकाे आसमा
फर्कन्छ
संसार जित्ने अभिलाषा वाेकेर ।
आफ्नै सामु राेइरहेका
जिवित भाेकहरूका अगाडि
चुपचाप चुपचाप
माेटाे भेटि थापिरहेर
उनिहरूकै भगवान् पनि
युगाैदेखि
मजाक गरिरहेछ उनिहरूसँग ।
भाेक मन्दिरसँग थियाे कि
हात थापिरहेकाहरूसँग ?
भेटिकाे खाँचो निर्जिव मूर्तिलाई
कि
लाइनमा बसेका जिउदाँहरूलाई ?
मन भनिरहन्छ,
उनिहरूले भनेजस्तै
भगवान् हुन् भने,
सजिव भाेकहरूलाई तड्पाएर
निर्जीव अाकृतिमा भेटी चढाउनेलाई
उनिहरूकाे भगवान्
चाकडी मान्लान् कि भक्त ?
किन ?
दाता र भक्तहरूकाे मन
भुइमान्छेहरूकाे
पक्षमा फर्काउन सक्दैनन् उनी ।
अथवा
किन बिभेद गरे उनले
मान्छे र भुईमान्छे बनाएर ।।
खै किन हाे
म त यस्तो देख्छु
जाे युगाैदेखि चन्दन लगाइरह्याे
उ चन्दन घाेटेरै धानिरहेछ जिवन,
फूल चढाइरहनेहरूकाे जिवनमा
कहिल्यै फुलेन सुनाखरि,
जसले मन्दिरकै डवलिमा बितायाे
कैयौं बसन्तहरू
खै त अझैसम्म उनिहरूकाे बस्ने बास ??
त्यसाे त
पूजारिकाे जिवनमा
सधैं बसन्तकाे बहार आउनुपर्ने हाेईन र ?
रिसानी माफ् हाेस्
म त
पत्थर देख्छु तपाईंको भगवान्
पाेष्टर देख्छु , पम्प्लेट देख्छु
अभिनयका आकृति देख्छु
र देख्छु
मात्र कालिगडकाे कला ।