वरिष्ठ कलाकार सरोज खनालद्वारा निर्देशित पहिलो तथा केसी डान्स सेन्टरद्वारा निर्मित लघु चलचित्र “छाउ-पीडा”को भिडियो सार्वजनिक गरिएको छ । अभिनेता खनालले आफ्नै पहिलो पटक निर्देशन गरेको लघु चलचित्र छाउ -पिडा तथा केसी डान्स सेन्टरको ब्यानरमा निर्मित उक्त सर्ट मुभी जुमको माध्यमबाट सार्वजनिक गरिएको हो ।
गत शनिवार डिसेम्बर १२, २०२० को दिनका यसमा संलग्न भएका सबैलाई जुममा एकै ठाउँमा भेला गरी आफ्ना कुरा राख्नुको साथै आफ्ना अनुभवहरू साटासाट गरिएको थियो ।
उक्त भेलामा अभिनेता सरोज खनाल, युवा कवि तथा लेखक नवराज पराजुली, कलाकारहरू दीप्ति अधिकारी, रोमा भण्डारी, रीया श्रेष्ठ, रीमा केसी, रुवीना प्रजापति, ऐश्वर्य निरौला, सदिक्षा मुडवारी, आयुषा ढकाल, अंकिता कोइराला, रिचा ढकाल, रिहाना नेपाल, आरजू कार्की, मोनिका ढुंगेल, निलु ढुंगेल र किन्जल शर्मा लगायतको उपस्थिति रहेको थियो ।
के सी डान्स सेन्टरलका संचालकद्वय नवीन के सी र लुना श्रेष्ठले यस योजनामा सबै कलाकार, सञ्चार माध्यमहरू र यस परियोजनामा संलग्न भई अहम भूमिका निर्वाह गरेका विभिन्न व्यक्तित्वहरूमा क्रमशः समीर मानन्धर, राजीव श्रेष्ठ, विक्रम सापकोटा, यमन श्रेष्ठ अभिभावक लगायत सबैलाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा अवैतनिक महावाणिज्यदूत तथा वरिष्ठ लोक गायक प्रेम राजा महतको उपस्थिति रहेको थियो भने र कार्यक्रम प्रस्तोता परशु तिमल्सिना रहेका थिए । उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण ईनेप्लिज, डिसी नेपाल र बिआरटि नेपालले गरेका थिए ।