अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४४
| Colorodo: 18:59
त्यागेर स्वार्थ सहजै ममता अँगाल्छु
आऊ सरक्क मसितै सुखसाथ पाल्छु
यो देह हो मनुजको अनुबन्ध माया
खर्चेर बुद्धि मनले सुरताल थाल्छु
धोखा दिने मन भए अब दूर जाऊ
बिर्सी सबै विगत त्यो नव चाल चाल्छु
टुट्दै गयो मन भने म त हुन्न खिन्न
साँची सयौँ रहर ती बिपना म टाल्छु
इच्छा भए भन तिमी म त बन्छु ‘मौन’
भावार्थ बुझ्न सकिए मन-दीप बाल्छु
( छन्द: वसन्ततिलका )