काठमाडौँ – नेपाली कला संस्कृति तथा चलचित्र क्षेत्रलाई विश्वव्यापी बनाउने उद्देश्यले नेपाल फिल्म सोसाइटिको युके शाखा गठन भएको छ। नेपाल फिल्म सोसाइटिको विधान अनुरूप केन्द्रीय कार्यालय बाट शाखा खोल्ने अनुमति पाए सँगै बेलायत निवासी कला प्रेमी चलचित्रकर्मी तथा साहित्यकार जानकी पन्त जुनको अध्यक्षतामा १५ सदस्य कार्यसमिति गठन गरिएको छ।
विश्वभर फैलिएर बसेका चलचित्रकर्मीहरूलाई एकबद्ध तथा अन्तर्राष्ट्रियस्तरमा प्रभाव बढाउने उद्देश्यले अमेरिका शाखा गठन पछि बेलायतमा पनि शाखा कार्यालय खोलिएको र निकट भविष्यमा अन्य मुलुकहरूमा समेत नेपाल फिल्म सोसाइटिको शाखा खोलिने कुराको जानकारी नेपाल फिल्म सोसाइटिको अन्तर्राष्ट्रिय संयोजक नायक तथा निर्माता नवराज श्रेष्ठले गराएका छन्।
जानकी पन्त जुनको अध्यक्षतामा १५ सदस्य कार्यसमितिहरूमा वरिष्ठ उपाध्यक्षमा विक्रम दाश जोशी, प्रथम उपाध्यक्षमा कुमुद राज पन्त, द्वितीय उपाध्यक्ष नीरज शर्मा, सचिव मधु सुदन थापा मगर, सह-सचिव गणेश गुरुङ, कोषाध्यक्ष माया गुरुङ मिचेल, संयोजक राज खत्री, सदस्यहरू रोमियन वानेम,धुर्ब दत्त, सोहम भेटवाल, देब गुरुङ, टिका अधिकारी, मोहन ओली र तारा गर्बुजा मगर रहेका छन् भने सल्लाहाकारहरुमा एकेन्द्र गुरुङ, सपन कुमार राई, सनम कुमार बैराग, मनिष श्रेष्ठ, बिपी खनाल, पुरन गिरि र कुशल श्रेष्ठ रहेका छन्।
युके शाखा गठन भए सँगै बेलायतमा बसोबास गर्दै आएका नेपाली कलाकार तथा चलचित्रकर्मीहरूलाई एकबद्ध गराउँदै आगामी दिनमा नेपाल फिल्म सोसाइटीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन लागि पर्ने र नेपाली चलचित्रकर्मीको उत्थानमा आफ्नो योगदान रहने नवनियुक्त अध्यक्ष जानकी पन्त जुनले बताएकी छिन ।