अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०२ | Colorodo: 12:17

नेपालबाट इजरायल ‘केयर गिभर’का लागि कामदार लैजाने तयारी

बिआरटीनेपाल २०७७ मंसिर २३ गते ५:५३ मा प्रकाशित

इजरायलले आगामी महिनादेखि नेपालबाट केयर गिभर (हेरचाह कामदार) लैजाने प्रक्रिया शुरु गर्ने भएको छ ।नेपालका लागि इजरायली राजदूत हनान गोडरले आगामी महिनादेखि केयर गिभरका लागि कामदार लैजाने प्रक्रिया शुरु गर्ने जानकारी दिनुभयो ।

नेपालबाट इजरायलको नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्र लागयतमा केयर गिभर लैजाने सम्बन्धमा गत असोजमा सम्झौता भइसकेको छ ।सोही सम्झौतालाई कार्यान्वयन गर्दै आगामी महिनादेखि कामदार छनोटको प्रक्रिया शुरु गरिने राजदूत गोडरले बताउनुभयो ।

सम्झौता कार्यान्वयनमा आएपछि नेपालबाट धेरै संख्यामा कामदारहरु जान सक्ने पनि राजदूत गोडरले बताउनुभयो ।सम्झौता अनुसार सरकारी तवरबाट नेपाली श्रमिक कामका लागि इजरायल जाने छन् । यस्तै नेपाली श्रमिकले इजरायली नागरिक सरहको सेवा सुविधा र संरक्षण समेत पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय