अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३२ | Colorodo: 19:47

सुरभि साहित्य प्रतिष्ठानबाट विभिन्न पुरस्कारको घोषणा

बिआरटीनेपाल २०७७ मंसिर १२ गते ८:१० मा प्रकाशित

काठमाडौ । सुरभि साहित्य प्रतिष्ठानले यस वर्षको लागि प्रदान गरिने विभिन्न पुरस्कारकारहरुको घोषणा गरेको छ ।

संस्थाका संरक्षक युवराज मैनालीको संयोजकत्वमा अर्का संरक्षक विजय चालिसे र अध्यक्ष बाजुराम पौडेल सदस्य रहेको पुरस्कार चयन समितिको सिफारिसमा आख्यानतर्फका विभिन्न पुरस्कारका लागि स्रष्टाहरु छनोट गरिएको हो ।

सुरभि–बाजुराम आख्यान साधना पुरस्कार माधव भण्डारीलाई र सुरभि आख्यान पुरस्कार तेजप्रकाश श्रेष्ठलाई दिने प्रतिष्ठानले जनाएको छ । यी दुवै पुरस्कारको राशि २०–२० हजार रुपैयाँ रहेको छ ।

त्यस्तै १० हजार रुपैयाँ राशिको सुलेख आख्यान प्रतिभा पुरस्कार गोपाल अश्क र ७ हजार रुपैयाँ राशिको सुरभि–प्रह्लाद नारीस्रष्टा आख्यान पुरस्कार समिना खनाल ‘पृथा’लाई प्रदान गरिने भएको छ । भने, ५ हजार रुपैया राशिको सुरभि–वेदमणि आख्यान वाचन पुरस्कार वर्षा खड्कालाई दिने निर्णय भएको अध्यक्ष बाजुराम पौडेलले जानकारी दिए ।

२०७६ का लागि घोषित यी पुरस्कारहरु २०७७ माघको तेस्रो शनिबार प्रदान गरिने पौडेलले बताए ।

प्रतिष्ठानले प्रत्येक महिनाको तेस्रो शनिबार आख्यान गोष्ठी गर्दै र निरन्तर सुलेख मासिक साहित्यिक पत्रिका प्रकाशन गर्दै आएको छ ।

प्रतिक्रिया