अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०७ | Colorodo: 14:22

अमेरिकाको भिजिटर भिसामा नयाँ नियम लागु , नेपालीलाई भने छुट

बिआरटीनेपाल २०७७ मंसिर ११ गते ६:१७ मा प्रकाशित

अमेरिकाको विदेश मन्त्रालयले अमेरिकाको भिजिटर भिसाका लागि ५ हजारदेखि १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने नियम लागु भएको जनाएको छ । नियम अनुसार ओभरस्टे दर उच्च भएका देशहरुका नागरिकले अमेरिकाको भिजिटर भिसा प्राप्त गर्नका लागि ५ हजार, १० हजार र १५ हजार डलर धरौटी राख्नुपर्ने हुनसक्नेछ ।

सबै भिसा आवेदकका लागि धरौटी रकम राख्न आवश्यक नभएपनि भिसा कन्सुलर अधिकारीले फर्कने आशंका रहेका भिसा आवेदकलाई धरौटी रकमको विकल्प दिनसक्नेछन् ।कति रकम धरौटीवापत राख्ने भन्ने निर्धारण भने भिसा कन्सुलर अधिकारीले नै गर्नेछन् । यो कार्यक्रम डिसेम्बर २४ देखि सुरु हुनेछ भने सन् २०२१ को जुन २४ सम्म लागु हुनेछ ।

यो अस्थायी अन्तिम नियम भएकाले यसमा कमेन्ट अवधि राखिएको छैन । भिसा आवेदकको अवस्था हेरेर धरौटी राख्नुपर्ने वा नपर्ने निर्धारण गर्ने अधिकार भिसा कन्सुलर अधिकारीलाई दिइएको छ भने यदि तोकिएको समयमा नफर्केको खण्डमा राखेको धरौटी रकम डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र आइसले लिनेछ ।

भिजिटर भिसामा १० प्रतिशतभन्दा बढी ओभरस्टे दर भएका देशका नागरिकका लागि यो नियम लागु हुनेछ । आर्थिक बर्ष २०१९ को रिपोर्ट अनुसार यो दर निर्धारण गरिनेछ । नेपालीहरुको ओभरस्टे दर जम्मा ३ दशमलव ३८ प्रतिशतमात्र रहेका कारण नेपालीका सन्दर्भमा यो नियम लागु हुनेछैन ।

आर्थिक बर्ष २०१९ मा भिजिटर भिसामा आएका २७ हजार ९६ नेपालीहरुले अमेरिका छाड्नुपर्ने भएकोमा ९१६ जनामात्र अमेरिकामा ओभरस्टे भएका थिए । जसमध्ये २४२ जनाले ओभरस्टे भएपछि अमेरिका छाडेका थिए भने ६ सय ७४ जना अमेरिकामा नै ओभरस्टे भएका थिए ।

अफगानिस्तान, एंगोला, भुटान, बर्मा, बुरुण्डी, बुर्किना फासो, चाड, कंगो, इरान, लाओस, लिबिया, सुडान लगायतका कैयन देशका सन्दर्भमा भने यो नियम लागु हुनेछ । अर्थात् उनीहरुका लागि भिसा जारी गर्दा कन्सुलर अधिकारीले धरौटी रकमको विकल्प दिन सक्नेछन् ।
– खसोखास मार्फत

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू