अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१३ | Colorodo: 14:28

अमेरिकी सेनामा कार्यरत गोरखाका युवकको कार दुर्घटनामा मृत्यु

बिआरटीनेपाल २०७७ मंसिर ७ गते ६:२२ मा प्रकाशित

अमेरिकी सेनामा कार्यरत गोरखाका एक युवकको गएराती कार दुर्घटनामा मृत्यु भएको छ । शहीदलखन गाउँपालिका– ८ छापथोक घर भई बिगत तीनर्षदेखि अमेरिकी सेनामा कार्यरत २३ वर्षीय सुरेश श्रेष्ठको राती करिब १० बजे मृत्यु भएको हो ।

उनी सवार २०२० टोयोटा कोरोला साउथ अन आई ३५ कारलाई नोबल काउण्टी ओक्लाहोमा राजमार्गमा अर्को सवारीसाधनले ठक्कर दिएको थियो । टाउको र शरीर भित्र गम्भीर चोट लागेका उनलाई सेण्ट मेरिज रिजनल मेडिकलमा उपचार गर्दागर्दै मृत्यु भएको मृतकका आफन्त राजेश श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठ विगत पाँच वर्ष अघि अध्ययनका लागि अमेरिका गएका थिए । सैनिक तालिम पूरा गरी तीन वर्षअघि घरमा आएर फर्किएका थिए । अविवाहित श्रेष्ठको परिवारमा हजुरआमा, बुबा, आमा, एक दिदी र एउटा भाइ छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू