नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो पार्टी पाँच वर्ष पार्टी सरकारमा सहभागी नहुने स्पष्ट पार्नुभएको छ । सत्तारुढ नेकपामा आन्तरिक विवाद चर्किएर पार्टी नै विभाजन हुने अवस्था सिर्जना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सहकार्यका लागि सभापति देउवालाई प्रस्ताव गरेको समाचार बाहिरिए पनि शर्माले पनि सरकारमा सहभागी हुने योजना नभएको प्रष्ट पार्नुभएको हो ।
शनिबार बालुवाटारमा भएको भेटमा ओलीले नेकपा विभाजन हुने जनाउ दिँदै देउवालाई ८ वटा मन्त्रालय लिएर आफू नेतृत्वको सरकारमा सहभागी हुन आग्रह गर्नुभएको थियो । प्रष्ट जवाफ नदिई बालुवाटारबाट देउवा बाहिरिए पनि आइतबार प्रवक्ता शर्माले ट्वीटमार्फत सरकारमा सहभागी नहुने बताउनुभएको हो । उहाँले पाँच वर्ष कांग्रेसलाई प्रतिपक्षमै बस्ने जनादेश भएकाले ओलीलाई कांग्रेस सांसदको टाउको नगन्न सुझाव समेत दिनुभएको छ ।
