अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१४ | Colorodo: 14:29

नेपालमा गएको २४ घण्टामा ५ सय २ जना कोरोना संक्रमित थपिए, १७ जनाको ज्यान गयो

बिआरटीनेपाल २०७७ मंसिर २ गते ५:४२ मा प्रकाशित

गएको २४ घण्टामा नेपालमा ५ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ३ हजार १ सय १२ जनाको पीसीआर परीक्षण गर्दा ५ सय २ जनालाई संक्रमण भएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ११ हजार ४ सय ७५ पुगेको छ । यस्तै गएको २४ घण्टामा २ हजार ८ सय ७८ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ७९ हजार २ सय ४२ पुगेको छ । आज देशभर ३० हजार ९ सय ८६ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै, २४ घण्टामा १७ जनाको ज्यान गएसँगै कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार २ सय ४७ पुगेको छ । गएको २४ घण्टामा देशभर नेपालमा ५ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितकोे संख्या २ लाख ११ हजार ४ सय ७५ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय