अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४० | Colorodo: 09:55

प्रचण्डले सचिवालयमा भ्रमको पुलिन्दा बाँडे, अविलम्व फिर्ता गरिनुपर्छ – सूर्य थापा

बिआरटीनेपाल २०७७ कार्तिक २९ गते ५:४७ मा प्रकाशित

प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सचिवालयमा राजनैतिक दस्तावेज नभई भ्रमको पुलिन्दा भएको टिप्पणी गर्नुभएको छ । उहाँले शनिवार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै यस्तो प्रस्ताव अराजनैतिक भएको एवम् अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्ट्रीकरण भएको आरोप लगाउनुभएको छ ।

थापाले यस्तो पत्रमाथि पार्टी कमिटीहरूमा छलफल हुन नसकन्े बताउनुभयो । उहाँले लेख्नुभएको छ , ’अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयमा एकल रूपमा मनोमानीपूर्ण ढंगले बाँडेको अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्ट्रीकरण हो । यस्तो लाञ्छनापत्रमाथि कमसेकम पार्टी कमिटीहरूमा छलफल हुनसक्दैन ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय