प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयका पाँच सदस्यहरुसँग अलग्गै अनौपचारिक छलफल गर्नुभएको छ । पार्टीको सचिवालय बैठक सकिएपछि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, वामदेव गौतम, इश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेलसँग अलग्गै छलफल गर्नुभएको हो । गौतम भने बैठकमा केही समय बसेर निस्किएको बताईएको छ ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ बाहिरिएपछि प्रधानमन्त्री ओलीले पाँच जना नेताहरुलाई एकैछिन काम छ भनेर बालुवाटारमा अलग्गै छलफल गरेको स्रोतले जनाएको छ। सचिवालय बैठक बालुवाटारमा केही समय बसेर सकिएको थियो। बैठक सकिएपछि उनीहरुसँग ओलीले छलफल गर्नुभएको हो ।
सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ५ नेताले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको पत्र र त्यसबारे ओलीले दिएको जवाफ अध्ययनका लागि नेताहरुलाई दिइएको छ। अध्यक्ष द्वयका पत्र अध्ययनपछि बैठक मंसिर ३ गते बस्ने भएको छ।
