अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४०
| Colorodo: 07:55
दशरथचन्द राजमार्ग अन्तरगत बैतडीको पाटन नगरपालिका ८ खोडपेमा बस दुर्घटनामा परी ९ जनाको ज्यान गएको छ । मृतकहरुमा बैतडीका ३ जना, दार्चुला, कैलाली र कञ्चनपुरका २ /२ जनाको मृत्यु भएको हो । दार्चुलाको गन्ना देखि महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ख ५१४१ नं को बस खोडपे बजार नजिकै गएराती १०ः २५ बजे दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी ८ जनाको घटनास्थलमै मृत्यु भएको हो भने १ जनाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । बसमा क्षमता भन्दा बढी यात्रु रहेको र चालक निदाएको हुन सक्ने प्रारम्भिक अनुमान रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायब उपरिक्षक नारायण प्रशाद अधिकारीले जानकारी दिनुभयो । बस सडकबाट ४ सय ५० मिटर तल खसेको थियो ।
