अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४५ | Colorodo: 07:00

प्रस्तावित राजदूतहरू खतिवडा, रेग्मी र विक संसदीय सुनुवाइ समितिबाट अनुमोदन

बिआरटीनेपाल २०७७ कार्तिक २७ गते ६:२९ मा प्रकाशित

संघीय संसदको संसदीय सुनुवाइ समितिले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरेको छ । संसदीय सुनुवाई समितिको बिहीबारको बैठकले अमेरिकाका लागि प्रस्तावित राजदूत युवाराज खतिवडा, बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत निर्मलकुमार विश्वकर्माको नाम सुनुवाई पछि अनुमोदन गरेको हो ।

असोज १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडा, रेग्मी र विकलाई राजदूतमा सिफारिस गरेको थियो । सरकारले राजदूत सिफारिस भएका व्यक्तिहरूको संसदीय सुनुवाईका लागि समितिलाई पत्र पठाएको थियो । संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले सरकारद्वारा प्रस्तावित राजदूतहरूको नाम संसदीय सुनुवाई पछि अनुमोदन भएको जानकारी दिनुभयो ।

संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूतहरूले आफ्नो योग्यता, क्षमता र कार्ययोजनाबारे समितिलाई जानकारी दिएका थिए । प्रस्तावित राजदूतहरूले आफूविरुद्ध समितिमा परेका उजुरीका आधारमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय