अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५२ | Colorodo: 06:07

पोखराका ६२ जनासहित गण्डकीमा २०० कोरोना संक्रमित थपिए

बिआरटीनेपाल २०७७ कार्तिक २७ गते ६:२७ मा प्रकाशित

आज पोखरामा थप ६२ सहित गण्डकी प्रदेशमा २०० कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार विहीबार पोखरा महानगरपालिका का ६२ जना र रुपा गाउँपालिकाका ६ जना गरि कास्कीका ६८ सहित प्रदेशका १० जिल्लाका २०० जनामा कोरोना पुष्टि भएको हो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ९ हजार ९ सय ३ पुगेको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा थप ९ मात्र डिस्चार्ज भएका छन् । यस संगै प्रदेशमा संक्रमण मुक्त हुनेको संख्या ४ हजार ९ सय ७९ पुगेको छ । पोखरामा कोरोना संक्रमणका कारण थप एक महिलाको मृत्यु भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय