अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१४ | Colorodo: 15:29

सरकारद्धारा कोरोना उपचार खर्चबारे ब्रिफिङ : कहाँ कति भयो खर्च ?

बिआरटीनेपाल २०७७ कार्तिक २६ गते ६:०१ मा प्रकाशित

स्वास्थ्य मन्त्रालयले कोभिड (१९ को संक्रमण,रोकथाम नियन्त्रण तथा उपचार व्यवस्थापनमा हालसम्म ६ अर्व ८१ करोड ५९ लाख ६ हजार रुपैयाँ खर्च (निकासा) भएको जानकारी दिएको छ। स्वास्थ्य मन्त्रालयको नियमित व्रिफिङका क्रममा बुधबार मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यसबारे जानकारी गराउनुभएको हो ।

गौतमले हाई डिपेन्डेन्सि युनिट (एचडीयु)का लागि ३ अर्व २५ करोड, प्रयोगशाला परीक्षण तथा व्यवस्थापनमा १ अर्ब १२ करोड ४० लाख, संक्रमित व्यवस्थापन, कन्ट्रयाक ट्रेसिङ, जोखिम भत्तावापत १ अर्ब १४ करोड २९ लाख ६ हजार तथा आईसीयु, भेन्टिलेटर र अस्पताल सुदृढिकरणमा १ अर्व २९ करोड ९० लाख रुपैयाँ निकाश भएको बताउनुभयो । यस्तैे नेपाल सरकारले कोभिड–१९परिक्षण र उपचारमा केही संशोधन गरेको प्रवक्ता गौतमको भनाई छ ।

कोभिड– १९ को परीक्षण र उपचार गर्न सुचिकृत गरेका सरकारी प्रयोगशाला र सरकारी अस्पतालमा कोभिड–१९ का लक्षण देखिएका विरामीको परीक्षण र उपचार निशुल्क गरिने उहाँले स्पष्ट पार्नुभयो । तर उल्लेखित व्यक्तिहरुले कुनै बीमा कम्पनीहरुबाट कोरोना बीमा गरेको भएमा सबै परीक्षण र उपचार खर्च बीमा रकमबाट व्यहोरिने गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय