अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३० | Colorodo: 08:45

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो, थप २६ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ कार्तिक २६ गते ५:५८ मा प्रकाशित

नेपालमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या २ लाख नाघेको छ । बुधबार थप २ हजार ५ सय ६९ जनामा कोरोना संक्रमण देखिएसँगै कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ पुगेको हो । पछिल्लो २४ घण्टामा १० हजार ८१ जनाको नमुना परीक्षण भएको हो ।

आज थप १ हजार ६ सय ६६ जना निको भएर फर्किएसँगै कोरोनाको उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १ लाख ६२ हजार २ सय ४३ पुगेको छ ।

अब नेपालमा ३८ हजार ९ सय १२ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका भने १ हजार १ सय ९ जना क्वरेण्टीनमा रहेको स्वास्थ्य तथा जनसंख्या मनत्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा २६ जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार १ सय ७४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय