अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५२ | Colorodo: 04:07

डडेलधुरामा चितुवाको आक्रमणबाट दुईजनाको मृत्यु, चितुवा पनि मारियो

बिआरटीनेपाल २०७७ कार्तिक २५ गते ६:५७ मा प्रकाशित

डडेल्धुरामा चितुवाको आक्रमणमा परी दुईजनाको ज्यान गएको छ ।भागेश्वर गाउँपालिका वडा नम्बर–१ का १२ वर्षीय दिलिप साउद र शिवनाथ गाउँपालिका वडा नम्बर–४ की २१ वर्षीया मायाकुमारी महताको चितुवाकोे आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

घाँस काटिरहेको बेला चितुवाले आक्रमण गर्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । आक्रमणबाट मृत्यु भएकी किशोरीलाई चितुवाले खाइरहेको अवस्थामा स्थानीयले ढुंगामुढा गरी चितुवा पनि मारेका छन् । सोको प्रतिकार गर्दा घाइते भएका केहीको उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय