अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०७ | Colorodo: 02:22

लुम्बिनी गुरुयोजनाको काम अन्तिम चरणमा, पूरा गर्न ७ अर्ब लाग्ने

बिआरटीनेपाल २०७७ कार्तिक २४ गते ६:३६ मा प्रकाशित

लुम्बिनी गुरुयोजनाको काम पूरा गर्न लुम्बिनी विकास कोष अघि बढेको छ । गुरुयोजनाको काम अन्तिम चरणमा पुगेको दाबी गर्दै ३ वर्षभित्र गुरुयोजना पूरा गर्ने जानकारी लुम्बिनी विकास कोषले दिएको छ ।४२ वर्ष अघि शुरु भएको प्रोफेसर केन्जो टांगेको लुम्बिनी गुरुयोजना अन्तरगतको कार्य यतिबेला अन्तिम चरणमा पुगेको हो । लुम्बिनी विकास कोषका अनुसार लुम्बिनी गुरुयोजना अन्तर्गत केही प्रमुख काम बाँकी छन् । गुरुयोजनामा बाँकी रहेका सबै संरचना निर्माणको लागि तिहार लगतै एकै पटक टेण्डर आह्वान गरिने कोषले जनाएको छ ।

लुम्बिनी गुरुयोजना पूरा गर्नका लागि करिब ७ अर्ब बजेट आवश्यकता रहेको कोषको भनाइ छ । नेपाल सरकारले गुरुयोजना पूरा गर्नक ा लागी अत्याधिक चासो देखाएको हुनाले बजेट अभाव नहुने कोषका उपाध्यक्ष अवदेश कुमार त्रिपाठीले बताउनुभयो । त्रिपाठीका अनुसार लुम्बिनीमस टुक्रे योजना अघि नबढाएर ग्लोवल टेण्डर आह्वान गरी एकैपटक सबै संरचना निर्माणको काम गर्न कोष अघि बढिसकेको छ ।

लुम्बिनीमा मुख्यत अहिले लुम्बिनी गुरुयोजना भित्र रहेको ३५ किमी सडक निर्माण, मन्दिर वरिपरी पैदलमार्ग निर्माण, लुम्बिनी क्षेत्र भित्र रहेको पूर्व र पश्चिम गुम्बा क्षेत्रलाई जोड्ने सडक निर्माण, लुम्बिनी सांस्कृतिक क्षेत्र (कल्चरल भिलेज) भित्र रहेको ६ ठुला भवन मध्य तीन भवन निर्माण बाँकी रहेको छ । त्यसैगरी लुम्बिनी विकास क्षेत्र अन्तर्गत रहेको ५ किमी क्षेत्रको ढल र पानीको निकास, फोहर पानीको प्रोसेसिङ प्लान्ट र फोहर व्यवस्थापन केन्द्र निर्माण र लुम्बिनी बाढी प्रभावित क्षेत्रमा रहेकाले त्यसको रोकथामको काम बाँकी रहेको छ ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यका अनुसार लुम्बिनी गुरुयोजनाको काम ३ वर्षभित्र सक्ने गरी कार्ययोजनाका साथ विकास कोष अघि बढेको छ । लुम्बिनीमा भौतिक रुपमा संरचना मात्र निर्माण नगरेर लुम्बिनीलाई सौन्दर्यकरण गर्न बोट बिरुवा, बगैँचा निर्माण गरी पर्यटकलाई प्रभावित गर्नेगरी गरुयोजना भित्रनै रहेर आफूहरु लुम्बिनीको विकासमा लागि परेको शाक्यले जानकारी दिनुभयो । लुम्बिनी विकास कोषले लुम्बिनीको विकासमा प्रश्न उठ्नु जायज रहेको बताउँदै २–३ वर्षभित्र सबै प्रश्नको उत्तर पाइने गरी लुम्बिनीको विकास गरिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय