नेपालमा सोमबार थप २ हजार ५ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै देशभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ५, उदयपुरमा १२, ओखलढुंगामा ३, खोटाङमा २, झापामा ३३, तेह्रथुममा १, धनकुटामा ४, पाँचथरमा ५, भोजुपरमा २, मोरङमा १४८, संखुवासभामा ३ जानका संक्रमण पुष्टि भएको छ ।
सुनसरीमा ९१, धनुषामा १२, पर्सामा १०, बारामा ३, महोत्तरीमा ७, रौतहटमा ५, सप्तरीमा ९, सर्लाहीमा ६, सिरहामा ११, काठमाडौँमा ११३६, काभ्रेमा ४७, चितवनमा २८, दोलखामा ४२, धादिङमा ५, नुवाकोटमा ८ र भक्तपुरमा ९१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी, मकवानपुरमा ४२, रसुवामा १, रामेछापमा ५, ललितपुरमा २०१, सिन्धुपाल्चोकमा ९, सिन्धुलीमा ५, कास्कीमा १५१, गोरखामा १३, तनहुँमा १८, नवलपरासीपूर्वमा ११, पर्वतमा ३, म्याग्दीमा १, लमजुङमा २, स्याङ्जामा १७, अर्घाखाँचीमा १, कपिलवस्तुमा २९, गुल्मीमा ४, दाङमा ११, नवलपरासीमा ९, पाल्पामा २४, प्यूठानमा २, बर्दियामा ३, बाँकेमा ८ जना संक्रमित भएका छन् ।
यस्तै रुपन्देहीमा ८५, जुम्लामा ५, दैलेखमा १३, सुर्खेतमा २, अछाममा ९, कञ्चनपुरमा २५, कैलालीमा ६६, डडेल्धुरामा १५, डोटीका १०, दार्चुलाका ११, बझाङका १२, बाजुरामा १० तथा बैतडीका ९ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसैबीच, पछिल्लो २४ घण्टामा ११ हजार १७७ जनाको पिसिआर परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १७९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ५९ हजार ७२४ पुगेको छ ।
सक्रिय संक्रमित संख्या ३६ हजार १७४ पुगेको छ । पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार १ सय २६ पुगेको छ ।
