अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४५ | Colorodo: 08:00

ओली–नेपाल भेटवार्ता, “ठोस प्रस्ताव ल्याएर समस्या समाधान गर्नुस्”– नेता नेपाल

बिआरटीनेपाल २०७७ कार्तिक २३ गते ६:०७ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर नेताहरुबीच आज छलफल भएको छ । प्रधानमन्त्री ओलीले नेपालसहित उहाँ पक्षीय केही नेताहरुलाई छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाउनुभएको थियो । प्रधानमन्त्री ओलीसँगको भेटका लागि नेता नेपालसहित नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त बालुवाटार जानुभएको थियो ।

प्रधानमन्त्री ओलीले नेता नेपालसँग पार्टीभित्रको समस्या पहिलेको भन्दा जटिल रहेको बताएको समाचारमा उल्लेख छ । त्यसको जवाफमा नेपालले ओलीलाई ठोस प्रस्ताव ल्याएर अहिले पार्टीभित्र देखिएको समस्या समाधान गर्न आग्रह गर्नुभएको बुझिएको छ । नेता नेपालले केन्द्रीय सचिवालयको बैठक बोलाउन ओलीलाई सुझाव दिएको नेता सुरेन्द« पाण्डेले जानकारी दिनुभयो ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विवाद चुलिएका बेला ओलीले नेपालको समूहलाई छलफलका लागि निवासमा बोलाउनुभएको हो । अध्यक्ष प्रचण्डलाई अलग्याउने प्रधानमन्त्री ओलीको रणनीति अनुरुप माधव नेपालसहित उहाकोे टिमलाई बालुवाटार बोलाइएको आँकलन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय