अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५३ | Colorodo: 06:08

‘बलात्कारी होस् तँ’ भन्दै सातै प्रदेशमा एकैपटक प्रदर्शन

बिआरटीनेपाल २०७७ कार्तिक २२ गते ६:०९ मा प्रकाशित

बलात्कार विरुद्धमा आज मुलुकका सातै प्रदेशमा एकैसाथ प्रदर्शन भएको छ । कालो पहिरनमा उपस्थित युवाको जमातले नेपालको सातै प्रदेशमा एकै समयमा सामूहिक प्रदर्शन गरेका हुन् । शनिबार माइतीघर मण्डला नजिकैको सडकमा बसेर युवायुवतीले मुखमा कालो पट्टी लगाएर बलात्कार विरुद्धको नाटक, नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुको हातमा विभिन्न सन्देश लेखिएका पम्प्लेट थिए । ‘मेरो कपडाको अर्थ स्वीकृति हैन’, ‘घरभित्रै पनि होसियार’, ‘तिम्रो बाटोमा बलात्कारी’, ‘हामी चुप कहिलेसम्म’, ‘बलात्कार बन्द गर’ लगायतका नारा प्रदर्शनकारीहरुले लगाएका थिए । यो समूहले केही दिन अगाडि पनि माइतीघर मण्डलामा प्रदर्शन गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय