अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५५ | Colorodo: 09:10

सरकारविरुद्ध अविश्वासको प्रस्ताव सम्भव छैन – पर्यटनमन्त्री भट्टराई

बिआरटीनेपाल २०७७ कार्तिक २१ गते ६:४३ मा प्रकाशित

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सरकार विरुद्धको अविश्वासको प्रस्ताव काल्पनिक कुरामात्रै भएकाले संभव नरहेको बताउनुभउको छ । पार्टी नेतृत्वबीच केन्द्रमा विवाद चलिरहँदा गृहजिल्ला ताप्लेजुङमा एक साता बसाइका लागि जानुभएका मन्त्री भट्टराईले पार्टी नफुट्ने दाबी पनि गर्नुभयो ।

नेपालमा कम्युनिष्ट आन्दोलनको इतिहास मूलतः विभाजनको इतिहास रहेको उल्लेख गर्दै उहाँले पछिल्लो समय त्यो बद्लिएको र विभाजन सजिलो कुरा भएपनि एकता बडो कठिन कुरा भएको बताउनुभयो । कठिन भए पनि राष्ट्रको आवश्यकताले त्यो कठिन बाटो हिँड्नै पर्ने उहाको भनाई छ । एकताको बाटो सुरुवात गर्दा पार्टीलाई जहाँ पुर्याउने भनिएको थियो त्यहाँ पुर्याउनै पर्नेमा भट्टराईले जोड दिनुभयो ।

विभाजित कम्युनिष्ट पार्टीलाई एक गर्ने पार्टी भएकाले फर्कने पुल भत्किसकेकाले अगाडिको बाटोमा समस्या आए हल गर्दै जानुपर्ने उहाको भनाई थियो । पार्टी बृहत् सहमति कायम गर्दै जानुपर्ने उल्लेख गर्दै उहाँले एउटै मान्छे सधैं अध्यक्ष नबन्ने र एउटा प्रकृयाबाट उसले पद छोड्नुपर्ने भट्टराईले प्रष्ट पार्नुभयो । कम्युनिष्ट पार्टी लोकतान्त्रिक विधिबाटै बनेको पार्टी भएकाले नयाँ अध्यक्ष पनि विधि, पद्धतिबाट आउनु पर्नेमा उहाको जोड थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय