अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५९
| Colorodo: 04:14
अस्पतालले आवश्यक सेवा सुविधा कटौती गरेको भनेर वीर अस्पतालका कर्मचारीले बिहीबार विरोध प्रर्दशन गरेका छन् ।कोभिडको समयमा काम गरेको भत्ता, औषधी खरिद खर्चलगायत अन्य सेवा सुविधा चैत्र महिनादेखि नै कटौती गरेको भन्दै आज उनीहरुले अस्पताल परिसरमा नै धर्ना दिएका हुन् ।
सुरक्षा उपकरण, सेवा सुविधा र भत्ता कटौती गरेको भनेर बुधबार आकस्मिक कक्षका १६ जना चिकित्सकले राजीनामा दिएका थिए । कात्तिक २ गतेदेखि आन्दोलन उनीहरुले शुक्रबारसम्म अल्टिमेटमसमेत दिएका छन् । शुक्रबारसम्म आफूहरुको माग पूरा नभए आन्दोलनका कार्यक्रम विस्तार गर्ने चेतावनी समेत दिएका छन् ।
