अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३७
| Colorodo: 05:52
पटक पटक सर्दै आएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ। शुक्रबारका लागि बोलाइएको बैठक सोमबार कात्तिक २४ गते बस्ने गरी तय भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। एक महिनादेखि कांग्रेस बैठक सर्दै आएको छ।
बैठक बस्नुअघि नै पार्टीले गर्ने निर्णयबारे सहमति नजुटेपछि बैठक तीन दिन पर सारिएको हो। कोरोना महामारीका कारण फागुनमा तोकिएको १४औँ महाधिवेशन नहुने भएपछि अर्को मिति कहिले तोक्ने भन्नेमा कांग्रेसभित्र मतभेद छ। संस्थापन पक्षले आउँदो भदौमा महाधिवेशन गर्न प्रस्ताव गरे पनि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले जेठ वा त्यसभन्दा अघि नै महाधिवेशन हुनुपर्ने अडान राखेको छ।
