अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५४ | Colorodo: 20:09

नेपालमा थप ३ हजार ५१ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १ लाख ८५ हजार नाघ्यो

बिआरटीनेपाल २०७७ कार्तिक २० गते ६:१८ मा प्रकाशित

नेपालमा आज थप ३ हजार ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ ।

अब देशभर ३६ हजार ५ सय १४ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बिहीबार देशभर ३ हजार ४ सय ३० जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । योसँगै अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणपछि मुक्त हुनेको सङ्ख्या एक लाख ४८ हजार चार सय आठ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा १८ जना सङ्क्रमितको ज्यान गएसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ५२ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय