अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५० | Colorodo: 16:05

मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्री ओलीको ब्रिफिङ – “सरकारविरुद्ध फेरि षड्यन्त्र भयो, सामना गर्न तयार होऔं”

बिआरटीनेपाल २०७७ कार्तिक २० गते ६:१६ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भित्र–बाहिरबाट फेरि षड्यन्त्र शुरू भएको बताउनुभएको छ । तर जस्तोसुकै परिस्थितिको सामना गर्न आफू तयार रहेको र त्यस्तै मनस्थिति बनाउन मन्त्रीहरूलाई उहाँलmे आग्रह गनुृभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले सरकारले ठूलो संकटको सामना गरिरहेको बताउनुभयो । ‘सरकारविरुद्ध फेरि घेराबन्दी शुरू भएको छ तर जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार रहनुपर्छ,’ ओलीको भनाइ उदृत गर्दै एक मन्त्रीले भनेका छन् ।

यसअघि असार २१ गतेकै शैलीमा प्रधानमन्त्री ओली प्रस्तुत भएको ती मन्त्रीले बताएका छन् । पार्टी विवाद उत्कर्षमा पुगेको समयमा ओलीले त्यो बेला मन्त्रीहरूलाई आफूलाई सहयोग गर्ने वा नगर्ने कित्ता स्पष्ट पार्न भन्नुभएको थियो ।

यसैबीच, नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक लगत्तै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता गर्नुभएको छ । गत शनिवारको भेटमा ओलीले ‘सहमतिमा नआउने हो भने अलग–अलग हिडौं’ भनेर प्रस्ताव गरेको प्रचण्डले आफू निकटका नेताहरूलाई बताउनुभएको थियो ।

आफूसँग परामर्श नगरी मन्त्रिपरिषद् पुनर्गठन, राजदूतहरूको सिफरिश तथा कर्णाली प्रदेशमा उत्पन्न विवादलाई लिएर प्रचण्ड असन्तुष्ट देखिनुभएको छ । आइतवार आफ्नै निवासमा भएको भेलामा प्रचण्डले ओलीबाट अलग–अलग भएर जान प्रस्ताव आएको बताएपछि नेकपा विवाद उत्कर्षमा पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय