अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४७ | Colorodo: 03:02

राष्ट्रपतिय निर्वाचन– बाइडेन र ट्रम्पबीच कडा प्रतिष्पर्धा, ट्रम्पद्धारा बाइडेनमाथि चुनावी चोरीको आरोप

बिआरटीनेपाल २०७७ कार्तिक १९ गते ६:१५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतगणना जारी रहेका बेला ट्विट गर्दै प्रतिद्वन्दी जे बाइडेनमाथि ‘चुनावी चोरी’को आरोप लगाउनुभएको छ । ट्रम्पले ट्विटमा भन्नुभएको छ, ‘म अगाडि छु तर उनी चुनावी परिणाम मसँग चोर्न चाहान्छन् । म यस्तो कदापि हुन दिन्न चुनाव सकिसक्यो अब भोट हाल्न सकिदैन ।’

ट्रम्पले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने बताइसक्नुभएको छ । यसअघि बाइडेनले भाषण गर्दै चुनावी परिणाम अमेरिकी जनताले तय गर्ने बताउनुभएको थियो ।

चुनावी प्रतिस्पर्धामा बाइडेन र ट्रम्पको कडा प्रतिस्पर्धा देखिएको छ । यो समाचार तयार पार्दासम्म बाइडेनले २२४ इलेक्टोरल मत पाउनुभएको छ भने ट्रम्पका पक्षमा २१३ इलेक्टोरल मत छ। राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल मत आवश्यक पर्छ । अमेरिकी निर्वाचनका लागि ५३८ इलेक्टोरल मत छ।

प्रतिक्रिया