अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५८ | Colorodo: 07:13

कोरोना बिमाको दाबी भुक्तानी सात दिनभित्र दिन बिमा समितिको निर्देशन

बिआरटीनेपाल २०७७ कार्तिक १९ गते ६:१४ मा प्रकाशित

कोरोना बिमाको दाबी भुक्तानी सात दिनभित्र दिन बिमा कम्पनीहरुलाई बिमा समितिले निर्देशन दिएको छ । कोरोना बिमाको दाबी भुक्तानीमा ढिलो हुने गरेको जनगुनासो बढेपछि समितिले निर्जीवन बिमा कम्पनीहरुलाई दाबी परेको सात दिनभित्रै भुक्तानी दिन निर्देशन दिएको हो ।

बिमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईंले अर्थ मन्त्रालयसँगको छलफलपछि सबै प्रक्रिया सात दिनभित्र पूरा गरी भुक्तानी दिन निर्देशन दिइएको बताउनुभयो । यसअघि, बिमितको नाम र मिति फरक पर्ने गरेको, परीक्षण गरिएका ल्याबहरु विश्व स्वास्थ्य संगठनको मापदन्डअनुसार नभएको र दोहोरो बिमा भएको पाइएकाले त्यसको प्रमाणीकरण गर्न समय लाग्दा दाबी भुक्तानीमा ढिलाइ भएको पनि अध्यक्ष चापागाईंले बताउनुभयो ।

तर, अबदेखि प्रमाणीकरणका सबै प्रक्रियाहरु एक साताभित्र पूरा गरी भुक्तानी दिइसक्न निर्देशन दिएको उहाँले बताउनुभयो । कुनैपनि बिमितले बिमा दाबी गर्दा ‘पीसीआर’ परीक्षणमा ‘पोजिटिभ’ भएको रिपोर्ट, संक्रमित भएपछि ‘होम आइसोलेसन’मा बसेको प्रमाणित गर्न सम्बन्धित स्थानीय तहको सिफारिस, अस्पतालमा उपचार गराएको खन्डमा अस्पतालमा भर्ना भएको र ‘डिस्चार्ज’ भएको कागजातसहित नागरिकताको प्रतिलिपि बुझाउनुपर्ने पनि अध्यक्ष चापागाईंले बताउनुभयोे ।

अहिलेसम्म नेपालमा करिब दुई हजार व्यक्तिले २० करोड रुपैयाँ बराबरको भुक्तानी पाइसकेका छन् । अहिलेपनि बिमा कम्पनीहरुमा करिब १३ हजार दाबी परेको अध्यक्ष चापागाईंले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय