अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१५
| Colorodo: 06:30
पोखरामा कोरोना संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ । पोखराको चरक मेमोरियल हस्पिटलमा उपचाररत् तनहुँ र स्याङजाका १÷१ पुरुष तथा कास्कीको पोखरा महानगरका ५ जनासहित कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ७ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
ज्यान गुमाउनेमा पोखरा महानगर ३२ की ४२ वर्षीया महिला, पोखरा २६ का ७३ वर्षीय पुरुष, पोखरा २५ का ५२ वर्षीय पुरुष, पोखरा १६ का २८ वर्षीय पुरुष, पोखरा १६ कै ५९ वर्षीय पुरुष, स्याङजा फेदीखोलाका ७५ वर्षीय पुरुष, र तनहुँ ब्यास का ७० वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९४ पुगेको छ ।
