अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३८ | Colorodo: 02:53

यी हुन् अमेरिकाको निर्वाचनका रोचक पक्ष

बिआरटीनेपाल २०७७ कार्तिक १८ गते ६:४८ मा प्रकाशित

अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि मंगलवार निर्वाचन शुरु भएको छ । अमेरिकाको निर्वाचन यसपटक विभिन्न कारणले अझ बढी चर्चामा रहेका छन् । यसले गर्दा विश्वको ध्यान यतिखेर अमेरिकातर्फ मोडिरहेको छ ।

यसपटकको अमेरिकी निर्वाचन इतिहासकै विभाजनकारी निर्वाचन

अमेरिकामा मंगलवार भैरहेको २०२० को राष्ट्रपतीय निर्वाचन इतिहासकै सबैभन्दा विभाजनकारी निर्वाचनको रुपमा रहेको छ । यस वर्ष अमेरिकामा चर्केको रंगभेदी आन्दोलनका कारण विभाजनकारी निर्वाचनका रुपमा हेरिएको हो । यस वर्षको शुरुमै जर्ज फ्लायड नामक एकजना अश्वेत नागरिकको प्रहरी हिरासतमा निधन भएपछि अमेरिकामा हिंसात्मक प्रदर्शन भएको थियो । प्रदर्शनका क्रममा धेरै तोडफोड र क्षति भएको थियो । प्रदर्शनबाट चिन्तित भएकाहरुले चुनाव अघि भारी संख्यामा हतियार किनेका थिए ।

अमेरिकामा महिनौं चल्छ चुनावी प्रचार

अमेरिकामा गत जुलाइमा उम्मेदवारको चयन भएसँगै चुनावी प्रचार प्रसार भएको थियो । प्रचारका क्रममा राष्ट्रपतिका उम्मेदवारहरुले विभिन्न राज्यमा पुगेर र्याली गरेर मतदाताहरुलाई आकर्षित गर्ने गर्दछन् । यसबीचमा टेलिभिजन वहस पनि हुन्छन् । उक्त वहस मार्फत राष्ट्रपतिका उम्मेदवारहरुले देशवासी सामू आफ्नो योजना र दृष्टिकोण प्रस्तुत गर्दछन् । यस्ता वहस सबैभन्दा महत्वपूर्ण मानिन्छ ।

५० प्रतिशत मतदान हुलाकबाट

अमेरिकामा मंगलवार निर्वाचन भए पनि ५० प्रतिशत मतदान भने यसअघि सम्पन्न भैसकेका छन् । अर्थात अमेरिकामा झण्डै ५० प्रतिशत मतदान निर्वाचनको मूख्य दिन अघि नै हुने गर्दछन् । यहाँका ५० प्रतिशत मतदाताले हुलाकको माध्यमबाट मतदान गर्दछन् । यसपटक अमेरिकाको राष्ट्रपति पदमा रिपब्लिक पार्टीका तर्फबाट डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका तर्फबाट बाइडेन चुनावी मैदानमा छन् । मतदान नेपाली समय अनुसार बुधवार विहानसम्म जारी रहनेछ ।

यसपटक पाँच मुद्दा प्रमुख छन् 

अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा यसपटक पाँच मुद्दा सबैभन्दा प्रमुख रहेका छन् । जसमा कोरोनाविरुद्धको लडाइ,चीनसँगको शितयुद्ध,रंगभेदी भेदभाव,जलवायु परिवर्तन र एचवानबी भिसा लगायतका मुद्दा रहेका छन् ।

प्रतिक्रिया