अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३४ | Colorodo: 17:49

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार नाघ्यो

बिआरटीनेपाल २०७७ कार्तिक १८ गते ६:३८ मा प्रकाशित

नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट २० जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको कुल संख्या १ हजार ४ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ३ हजार १ सय १४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार १ सय ६६ जनाको नमुना परीक्षण भएको हो ।

त्यस्तै आज ( मंगलबार) ३ हजार १ सय ४२ जना संक्रमणमुक्त भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको कुल संख्या १ लाख ४१ हजार एक सय ३४ पुगेको छ । अब मुलुकमा ३७ हजार ४ सय ७६ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् भने १ हजार २ सय ७७ जना क्वरेण्टीनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय