अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३२ | Colorodo: 06:47

नेपालको कुनै भूमि नमिचेको चीनको प्रष्टोक्ति

बिआरटीनेपाल २०७७ कार्तिक १८ गते ६:३७ मा प्रकाशित

चीनले नेपालको कुनै भूमि नमिचेको पुनः प्रष्ट पारेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले चीनले नेपालको भूमि कब्जा गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारहरु हल्ला र आधारहीन भएको बताएका हुन् ।

सोमबार द टेलिग्राफले प्रकाशित गरेको समाचारको खण्डन गर्दै विदेश प्रवक्ता वेनबिनले नेपालको भूमि चीनले नमिचेको बताउनुभएको हो । द टेलिग्राफले चीनले नेपालको १ सय ५० हेक्टर जमिन मिचेको र संरचनाहरु निर्माण गरेको भन्दै समाचार प्रकाशित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय