अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४३ | Colorodo: 07:58

नेपालमा थप २४ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ९ सय ८४ पुग्यो

बिआरटीनेपाल २०७७ कार्तिक १७ गते ६:२३ मा प्रकाशित

नेपालमा कोरोना भाइरस संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा ३ हजार १ सय ५० जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ३७ हजार ९ सय ९२ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या हालसम्म ३७ हजार ५२४ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय