अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३० | Colorodo: 04:45

सरकारविरूद्ध नेविसंघको प्रदर्शन

बिआरटीनेपाल २०७७ कार्तिक १६ गते ५:४२ मा प्रकाशित

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले आज काठमाडौंमा प्रदर्शन गरेको छ। आफ्ना कार्यकर्तालाई प्रहरीले पक्राउ गर्दै झूटा मुद्दा लगाएको र कोरोना पीडितप्रति सरकार उदासिन देखिएको विरोधमा नेविसंघले प्रदर्शन गरेको हो। नेविसंघ केन्द्रीय समितिले प्रदर्शनी मार्गमा नाराबाजीसहित प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीले सरकार ‘अधिनायकवाद दिशातर्फ अगाडि बढेको, कोरोना महामारकिा बेला जनस्वास्थ्यमा खेलवाड गरेको र भ्रष्टाचारमा लिप्त भएको आरोप सहितका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्। कोरोना संक्रमितको उपचारबाट सरकारले हात झिकेको विरोधमा आफूहरू सडकमा आउनुपरेको नेविसंघ महामन्त्री दीपक भट्टराईले बताउनुभयो ।

यसअघि, त्रिविका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमणमा नेविसंघ कार्यकर्ता संलग्न रहेको आरोपमा केही नेविसंघ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो। चलाउनेमाथि आक्रमणमा संगठनको हात नरहेको नेविसंघले दाबी गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय