अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३२ | Colorodo: 04:47

गण्डकी प्रदेशमा थपिए १ सय ८८ जना कोरोना संक्रमित , थप ३ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ कार्तिक १६ गते ५:३७ मा प्रकाशित

गण्डकी प्रदेशमा थप १ सय ८८ जनाको कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ९ जिल्लामा १ सय ८८ संक्रमित थपिएका र तीन जनाको ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । आज कास्कीमा १ सय २ सहित नवलपरासी तनहुँ, गोरखा, लमजुङ, बाग्लुङ, स्याङ्जा, पर्वत र म्याग्दी गरी १ सय ८८ जना थपिएका हुन् । योसँगै गण्डकी प्रदेशमा मात्रै कोरोना संक्रमितको संख्या साढे ७ हजार नाघेको छ ।

तीमध्ये ४ हजारभन्दा धेरै निको भएका छन् । यसैबीच गण्डकी प्रदेशमा थप ३ जनाको कोरोना सङ्क्रमितको ज्यान गएको छ । होम आइसोलेशनमा बसेका नवलपरासी बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका ६ का ६७ वर्षका पुरुष र गैडाकोट ३ की ७७ वर्षकी महिलाको ज्यान गएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ६२ वर्षकी महिलाको पनि ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकी ले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय