अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५१ | Colorodo: 03:06

सत्तारुढ नेकपाभित्रको विवाद उत्कर्षमा, गुटगत भेलामा तीव्रता

बिआरटीनेपाल २०७७ कार्तिक १६ गते ५:३६ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेपछि गुटगत भेलाले तीब्रता पाएका छन् । नेकपाभित्र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका कामकारबाहीलाई लिएर प्रचण्ड–नेपाल समूह ओलीलाई जसरी पनि गलाउने दाउमा देखिएको छ भने ओलीपक्षका नेताहरु पनि आफ्नो पक्षमा बहुमत जुटाउने कसरतमा रहेका छन् ।

कर्णाली प्रदेशको प्रकरणपछि नेकपा विवाद चरमोत्कर्षमा पुगेको र एकता नै संकटमै परेको नेकपाका नेताहरूले जनाएका हुन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ओलीनिकट प्रदेशका मन्त्री नन्दसिंह बुढा र दल रावललाई मन्त्रीबाटै हटाउने तयारी गर्दै माधव नेपाल पक्षसँग नियमित छलफल गरिरहनु भएको थियो ।

तर आफूनिकट मन्त्री हटाउने तयारी बुझेपछि बालुवाटारमा भएको ओलीपक्षका नेताको छलफलबाट ओलीले जुनसुकै कदम चाल्ने खतरा औल्याउँदै स्वयम् प्रचण्ड–नेपाल पक्षले कर्णाली प्रदेशको मन्त्रीपरिषद् पुनर्गठन रोक्न निर्देशन दिएको प्रदेशस्तरका नेताहरुले बताएका छन् ।

आइतबार बिहान खुमलटारमा बसेको अध्यक्ष प्रचण्ड, झलनाथ खनाल, माधव नेपालसहित नेताहरूको गोप्य बैठकले मुख्यमन्त्री शाहीलाई मन्त्रीपरिषद् पुनर्गठन प्रक्रियालाई हालका लागि अघि नबढाउन निर्देशन दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय