अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४० | Colorodo: 05:55

नेपालमा कोरोना संक्रमतिको संख्या १ लाख ७० हजार नाघ्यो

बिआरटीनेपाल २०७७ कार्तिक १५ गते ७:२९ मा प्रकाशित

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७० हजार नाघेको छ । गएको २४ घण्टामा २ हजार ५ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९ हजार २ सय ७९ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

आज थपिएका संक्रमितहरु मध्ये काठमाण्डौ उपत्यकाका १ हजार ३ तीन सय ५७ जना रहेका छन् । यस्तै गएको २४ घण्टामा २ हजार २ सय ६४ जना निको भएसँगै मुलुकमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ३१ हजार २ सय २२ पुगेको छ । अब नेपालमा ३८ हजार ५ सय ८४ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै गएको २४ घण्टामा १७ जनाको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैबचि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारसम्म देशभर २ सय ९६ जना कोरोना संक्रमितको आईसीयुमा र ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ । मन्त्रालयका अनुसार प्रदेश १ मा ३१, प्रदेश २ मा १२, बागमतीमा १ सय ८४, गण्डकीमा १५, लुम्बिनीमा ४५, कर्णालीमा ४ र सुदूरपश्चिममा ५ जना कोरोना संक्रमितको आईसीयुमा उपचार भइरहेको छ ।

यस्तै प्रदेश १ मा ९, बागमती प्रदेशमा ५२, गण्डकी प्रदेशमा ३ र लुम्बिनी प्रदेशमा ४ तथा सुदूरपश्चिम प्रदेशमा १ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । यसअघि शुक्रबारसम्म देशभर ३०० जना कोरोना संक्रमितको आईसीयुमा र ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय