अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३७
| Colorodo: 05:52
अमेरिकामा कोरोना सङ्क्रमितको संख्या ९२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप ९१ हजार ५३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितको यो संख्या एकैदिन पुष्टि भएको अहिलेसम्मकै धेरै हो । नयाँ संक्रमित थपिएसँगै अमेरिकामा कोरोना सङ्क्रमित संख्या ९२ लाख १२ हजार ७६७ पुगेको छ ।
सङ्क्रमितमध्ये अहिलेसम्म ५९ लाख ८३ हजार ३४५ जना सङ्क्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २९ लाख ९५ हजार २४५ जनामध्ये १६ हजार ९५० जनाको अवस्था गम्भीर रहेको वल्डमिर्टरसले जनाएको छ । यस्तै कोरोना भाइरसको सङ्क्रमणले मृत्यु हुनेको संख्या २ लाख ३४ हजार नाघेको छ । २४ घण्टामा थप १०४७ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या २ लाख ३४ हजार २ सय ७ पुगेको छ ।