अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०६
| Colorodo: 04:21
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै मुलुकमा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ । पछिल्लो २४ घण्टामा ९ हजार ७ सय ६९ जनाको पीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३८ जना कोरोना संक्रमित उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १ लाख २४ हजार ८ सय ६२ पुगेको छ ।
हाल देशमा सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय ५२ रहेको छ । पछिल्लो २४ घण्टामा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
