अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३८
| Colorodo: 04:53
भारतले एकपक्षीय रुपमा वीरगञ्ज नाका खोलेको छ । दुई देशको सीमामा रहेको रक्सौल कस्टमले शुक्रबार बिहान ६ बजेदेखि नाका खुल्ला गरेको हो ।भारतले एकपक्षीय रुपमा नाका खुल्ला गरेसँगै नेपाल प्रवेश गर्नेको भीड लागेको छ । भारतबाट नेपालतर्फ आउनेलाई नेपाली सुरक्षाकर्मीले रोक्न खोज्दा तनाव श्रृजना भएको समेत बताइएको छ ।
गत चैत ११ गतेदेखि बिना अनुमति सर्वसाधारलाई नेपाल भित्रिन रोक लगाइएको थियो । कोरोना भाइरस संक्रमण भैलिन नदिन नाका बन्द गरिएपनि भारतीय पक्षले नाका खोलेपछि भारतबाट नेपाल प्रवेश गर्न खोज्नेको ठूलो भीड लागेको छ । सीमा क्षेत्रमा ठूलो संख्यामा मानिस नेपाल प्रवेश गर्नका लागि जम्मा भएर बसेका छन् । उनीहरु जबरजस्ती नेपाल प्रवेश गर्न खोज्दा नेपाली सुरक्षाकर्मीलाई रोक्न हम्मेहम्मे परिरहेको छ ।
