अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२६
| Colorodo: 18:41
राष्ट्रपति विद्यादेवी भण्डारीले तीन मुलुकका लागि आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा राजदूत नियुक्त गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम बेल्जियम अधिराज्यका लागि गेहेन्द्र अधिकारी, इस्लामिक गणतन्त्रका लागि तापस अधिकारी र सङ्घीय गणतन्त्र जर्मनीका लागि रामकाजी खड्कालाई राजदूत नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
