अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०६ | Colorodo: 11:21

“सबै नागरिकहरूको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधारहरू तयार छन् ”- स्वास्थ्यमन्त्री ढकाल

बिआरटीनेपाल २०७७ कार्तिक ४ गते ६:४० मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सबै नागरिकहरूको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधारहरू तयारी अवस्थामा रहेको बताउनुभएको छ । मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा सम्बोधन गर्दै उहाँले कोभिड–१९ को परीक्षण र उपचारमा गुणस्तरीय सेवाको पहुँच वृद्धि गरेको बताउँदै अक्सिजन, आवश्यक औषधि तथा उपकरणहरू अभाव हुन नदिन मन्त्रालयले ठोस योजनासहित प्रभावकारी व्यवस्था मिलाएको जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयले विपन्न नागरिक, अशक्तता भएका, असहाय, एकल महिला, अपांग, ७० वर्ष पुगेका जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरु, सरसफाई कर्मचारीहरु, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरुको निःशुल्क परीक्षण तथा उपचारको व्यवस्था मिलाएको उहाको भनाई छ ।

मन्त्री ढकालले अक्सिजन र मनिटर सहितको ३ हजार ५ सय हाइ डिपेन्डेन्सी युनिट थप्ने कार्यलाई तीव्र रूपमा अगाडि बढाइएकाले कोभिड–१९का सिकिस्त बिरामीहरूको उपचारलाई सहज बनाउने दाबी गर्नुभयो । सम्बोधनका क्रममा अस्पताल नभएका ६४९ स्थानीय तहमा ५ बेडको अस्पताल स्थापना गरी संचालनका लागि आवश्यक बजेट व्यवस्था गरी पठाइएको र स्थानीय तहहरूमा कार्य सुरु भइसकेको मन्त्री ढकालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय