अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४७ | Colorodo: 06:02

अमेरिकामा दसैँको टीकाको साइत अक्टोबर २५

बिआरटीनेपाल २०७७ असोज २९ गते १०:३३ मा प्रकाशित
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विदेशका विभिन्न ठाउँहरूको लागि स्थानीय समयअनुसारको दसैँको टीकाको  साइत निकाली प्रकाशन गरेको छ । जसमध्ये अक्टोबर २५ तारिख आइतबार  अमेरिकाको पूर्वी भूभाग अर्थात् न्यु योर्क, वासिंगट डिसी, मेरिल्यान्ड  तथा भर्जिनिया र फ्लोरिडा लगायतका स्टेटहरूमा बिहान ११ बजेर ५ मिनेटको साइत निस्किएको छ भने मध्य अमेरिका टेक्सस लगायत क्यालिफोर्नियाको पनि अक्टोबर २५ तारिखकै छुट्टाछुट्टै समयको साइत निस्किएको छ ।क्यानडाको लागि बिहान ११:४३ बजेको साइत निर्धारण गरिएको छ ।
 त्यसै गरी मारुतीनन्दन पञ्चाङ्गले पनि अमेरिकाको लागि भनी दसैँको साइत प्रकाशित गरेको छ । हामी जहाँ बस्छौँ त्यहीँको अक्षांश र देशान्तरको आधारमा तिथिको गणना गरी यस्ता विशेष खालका चाडपर्वहरू शुभ साइतमा मान्नु पर्ने भएकोले यसरी निकाल्न थालिएको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा. माधव भट्टराईले बताए । हेर्नुहोस् प्रेसविज्ञप्तिसहितको साइत । यस बारेमा अरू पनि थप जानकारीका लागि दृक पञ्चाङ्गलाई अनुसरण गर्न सक्नु हुनेछ वा info@hinduculturecenter.com मा सम्पर्क गर्न सक्नु हुनेछ । यस बारेमा कुनै जिज्ञासा भएमा कमेन्टमा पनि लेख्न सक्नु हुनेछ । 
प्रतिक्रिया