अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५५ | Colorodo: 19:10

सुरक्षित दसैँ कसरी मनाउने ?

बिआरटीनेपाल २०७७ असोज १९ गते २१:२५ मा प्रकाशित

बिबिसी । स्वास्थ्य प्रणालीले धान्न सक्नेभन्दा बढी सङ्क्रमित भए फेरि लकडाउन गर्न सकिने स्वास्थ्य मन्त्रालयले दोहोर्‍याउँदै आएको छ । सक्रिय सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २५,००० नाघेमा लकडाउन गर्न मन्त्रालयले सुझाव दिइसकेको प्रवक्ता डा. जागेश्वर गौतमले बताउँदै आएका छन्। स्वस्थ व्यक्तिहरूको हिँडडुलमा राज्यले रोक लगाउन नसक्ने जनस्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास रहेको पृष्ठभूमिमा दसैँको बेला आत्मानुशासन नै प्रभावकारी हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. मरासिनीको सुझाव छ।

“दसैँ टीकाटालोसँग मात्रै सम्बन्धित कुरा होइन। परिवारका सदस्यका लागि नयाँ लुगा लगिदिने हुन्छन्, ऋण तिर्नेहरूले ऋण लिएर आफैँ आउँछु भनेका हुन्छन्। दशैसँग यी र यस्ता धेरै पक्ष जोडिएका हुन्छन्।” “बरु बाहिरबाट घर गएपछि परिवारका सदस्यसँग कसरी दूरी राख्न सकिन्छ, जनस्वास्थ्यसम्बन्धी अरू मापदण्ड कसरी पालना गर्न सकिन्छ लगायतका कुरामा मानिसहरूले ध्यान दिँदा सङ्क्रमणको जोखिम कम गर्न सकिन्छ,” मरासिनीले थपे। तर यस पटक भिडभाड र जमघटलाई सकेसम्म पन्छाउन सके सबैका लागि हितकर हुने सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीको सुझाव छ।

“चाडवाडका बेला तपाईँले आफ्नै मान्छे/आफन्तलाई जोखिममा पार्न सक्नु होला। घर नगई फोनलगायतका माध्यमबाट पनि मान्यजनबाट आशीर्वाद लिन सक्नुहुन्छ।” तर प्रत्यक्ष रूपमा सहँभासरिक भएको खण्डमा अहिलेको प्रतिकूल समयमा विशेष ध्यान दिनुपर्नेमा उनको जोड छ। “भेटघाट गर्दा कोठामा नभई खुला ठाउँमा भेट्ने, टिका लगाउनुअघि र लगाइसकेपछि राम्ररी हात धुने अथवा स्यानिटाइजरको प्रयोग गर्ने, टिका लगाउने एवम् थाप्ने दुवैले मास्क लगाउने जस्ता कुराको पालना गर्दा सबैलाई राम्रो हुन्छ,” सुवेदीले थपे।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू