खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ सालको पद्मश्री साहित्य पुरस्कार समालोचक तथा उपन्यासकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई दिने निर्णय गरेको छ । देश, कानुन तथा संस्कारले प्रेम र सम्बन्धमा बनाएको जटिलता, त्यसले मानिसलाई नै कसरी थिचिरहेछ र बोझ बनाइरहेछ भन्ने कुरा प्रकृति तथा हाँसको कथासँग जोडेर ‘हंस’ उपन्यासमा प्रस्तुत गरिएको छ ।